कैलाली, ३१ साउन/ साउन १४ गते आएको बाढीले पुर्व पश्चिम राजमार्ग अन्र्तगत कैलालीको लम्कीचुहा नगरपालिका–१० मा सडकको कलर्भड बगाउदा सडक सतह भासीएको छ । बढीले सडक सतह सहित कलर्भड बगाउदा सवारी सधानलाई आवतजावत गर्न जोखिम देखीएको छ । आधा महिना अघि आएको बाढीले कैलालीका विभिन्न स्थानसडक सतहहरु भत्केका छन् । ठाउँठाउँमा सडक सतह भत्कदा दुर्घटनाको जोखीम बढेको छ ।
यस्तै बाढीले कैलालीको हुलाकी सडकमा ठुलो क्षती गरेको छ । हुलाकी सडकको विभिन्न ठाउँमा पनि कलर्भट भत्कीदा प्रत्यक्ष यातायात सम्वन्ध टुटेको छ ।