धनगढी, ३१ साउन/पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ। कूल २ सय २६ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।
उनका अनुसार बझाङको जयपृथ्वी नगरपालीकाका–५ का १८ बर्षिय १ पुरुष र डडेल्धुराको अमरगढी नगरपालीका–६ का २३ बर्षिय महिलामा कोरोना पुष्टि भएको हो ।