धनगढी ३१ साउन/ बैतडीको सिगास गाउँपालिका–६ मा अवैध मदिरा ओसारपसार गर्ने एक शिक्षकलाई स्थानियहरुले नियन्त्रणमा लिएका छन् । गाउँपालिका–६ को नौलो प्राथमीक बिद्यालयमा कार्यरत शिक्षक राजेन्द्र साउद अवैध मदिरा सहित नियन्त्रणमा हुन्। बझाङबाट मदिरा ल्याउदै गर्दा मोरीबगर नजिक सिगास समाज सुधार समिति र महादेब युवा संञ्जालका महिलाहरुले शिक्षक साउदबाट १५ हजार बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको जनाएका छन् ।
गाउँपालिका–६ भित्र मदिरा पुर्णरुपमा निषेध गर्न महिला तथा युवा समुह सक्रिय रुपमा लागिरहेका छन्। यसअघि वडा कार्यालयले समेत मदिरा ओसारपोसार तथा बेचबिखनमा रोक लगाइएको थियो । वडामा अवैध रुपमा मदिरा ओसारपसार गर्ने क्रम भने रोकिएको छैन।