काठमाडौं- विश्वमा कोरोना भाइरसका कारण ७ लाख बढी मानिसको मृत्यु भएको छ। जोन हप्किङस् विश्वविद्यालयको तथ्यांक अनुसार विश्वमा बुधबार बिहानसम्म ७ लाख ४० हजार २ सय ७६ संक्रमितको मृत्यु भएको हो।
विश्वमा २ करोड २ लाख २३ हजार ३ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। अमेरिकामा ५१ लाख ४१ हजार १ सय ९३ जनामा संक्रमण देखिएको छ भने १ लाख ६४ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ।
यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ३० लाख ५७ हजार ४ सय ७० जनामा संक्रमण देखिएको छ भने १ लाख १ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ। भारतमा २२ लाख ६८ हजार ६ सय ७५ जनामा संक्रमण देखिएको छ भने ४५ हजार २ सय ५७ जनाको मृत्यु भएको छ।
