काठमाण्डौ २७ साउन/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार कार्यालय, ताहाचलको निरीक्षण गरेका छन् । उक्त कार्यालयमा सहसचिव विनु बज्राचार्य कुँवरले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको केही दिनपछि मन्त्री यादवले सोमबार उक्त कार्यालयको निरीक्षण गरेका हुन् ।
कुँवरले गत बुधबारबाट उक्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । निरीक्षणपछि मन्त्री यादवले श्रम स्वीकृति सम्बन्धी सेवाहरुमा जनगुनासो नआउने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको मन्त्री यादवको स्वकिय सचिवालयले जानकारी दिएको छ ।