कैलाली, २७ साउन/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार जनतालाई देखाउन सबै सासंदहरुले फिल्डमा जानुपर्ने बताएका छन् । प्रदेश सभा बैठकमा सम्बोधन गदैँ उनले प्रदेश सबै सासंदलाई बाढी पहिरो र कोरोना महामारी नियन्त्रणको लागी फिल्डमा खटिन आग्रह गरे ।
प्रदेश सरकारप्रति जनतामाझ नक्रात्मक सन्देश फैलिएको बताउँदै मुख्यमन्त्री भट्टले सबै सासंद मिलेर सक्रात्मक सन्देश फैलाउनुपर्ने बताए । उनले भने–‘मन्त्री, मुख्यमन्त्री मात्रै प्रदेश सरकार हैन्, नक्रात्मक सन्देश लाई सक्रात्मक बनाउने सबैको दायित्व हो ।’
‘प्रदेश सरकारमाथि विभिन्न भ्रमहरु सीर्जना भएका छन्, त्यसको प्रतिवाद गर्न सबैले लाग्नुपर्ने जरुरी छ, प्रदेश सरकारमाथि फैलिएका भ्रमले संघियताको संरचनानै खतरामा पर्नसक्छ भन्दै प्रतिपक्षले पनि भ्रमहरुको प्रतिवाद गर्न सक्नुपर्ने उनले बताए । पटक पटक विवादले सुदूरपश्चिममा विकास नभएको हो, राम्रो कामको लागी एकजुट् हुदनौ त्यही कारणले हाम्रो प्रदेश पछाडी परेको हो । प्रतिपक्षले आफूलाई जिम्ेवार बनाउनुपर्ने र भ्रम छर्ने काममा लाग्न नहुने उनले बताए ।
समुदायस्तरमा कोरोना फैलिन नदिन प्रदेश सरकार लागीरहेको छ । नयाँ आर्थिक बर्ष सुरुवात भइसकेकोले बजेटलाई परिमाणमुखी खर्च र बजेट कार्यान्वयन गर्न प्रदेश सरकार लागी रहेको उनले बताए ।
मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका नाममा भएको खर्चको हिसाब माग्दै प्रतिपक्षले लामो समय प्रदेश सभा अवरोध गरेको प्रति कटाक्ष गर्दै भने–‘प्रतिपक्षले कोरोनाका नाममा ९३ करोड खर्च भयो हिसाब देउ भन्छ, तर हामीले ५० देखि ५३ करोड खर्च गरेका छौं, अनि बाँकी खर्चै नभएको रकमको हिसाब कताबाट दिनु ?’
उनले थपे–‘संघीय सरकारले २० औं करोड दियो भनेर प्रतिपक्षका साथीहरुले भन्नुभएको छ, त्यसको हिसाब माग्नुभएको छ, हामीलाई संघीय सरकारले दिएको ६ करोड हो, त्यो पनि हामीले खर्च गर्न पाउने गरी होइन, स्थानीय तहहरुलाई दिनका लागि । अनि त्यसको हिसाब करी दिनु ?’
‘यसैका नाममा प्रदेश सभा लगातार अवरुद्ध भयो र हामीले चाहे अनुसार बजेटमा सभामा छलफल हुनै पाएन’– बिना छलफल नै बजेट पारित गर्नपर्ने बाध्यता हाम्रा सामु आयो ।’ लोकतन्त्र भनेर मात्र नहुने र यो ब्यवहारमा देखिनुपर्ने मुख्यमन्त्रीको भनाई छ ।
प्रदेश सरकारले २४ करोड भन्दा बढी रकम राहत बितरण, आइसोलेसन निर्माण, क्वारेन्टिन ब्यवस्थापन का लागि स्थानीय तहलाई दिएको मुख्यमन्त्रीले बताए । कोरोना भाइरस प्रदेशमा समुदाय स्तरमा फैलिन नदिन प्रदेश सरकारले बिभिन्न उपायहरु गरिरहेको उनले बताए ।
मुख्यमन्त्री भट्टले संघीय सरकारका योजना निगरानी र सहकार्य गर्न प्रदेश सरकार लागी परेको बताए । ‘हाम्रो प्रदेशमा राष्ट्रियता र सिमा रक्षाको बिषयमा प्रदेश सरकार गम्भीर छ, उनले भने–सिमानामा बस्ने नागरिकका समस्या समाधान गर्न प्याकेजमा कार्यक्रम ल्याउने तयारीमा छौ ।’
यस्तै सुदूरपश्चिममा बाढी र पहिरोबाट असार १ गते यता मात्रै ४३ जनाको मृत्यु भएको जानकारी दिए । उनले बाढी र पहिरो पिडितहरुको लगत संकलन गर्ने काम भइरहेको बताउँदै लगत संकलन भइसकेपछि सरकारले पिडितका लागि कार्यक्रम बनाउने बताए ।
‘प्रदेश सरकार देखाउन सबै माननिय फिल्डमा जाऔं’ : मुख्यमन्त्री भट्ट
‘प्रदेश सरकार देखाउन सबै माननिय फिल्डमा जाऔं’ : मुख्यमन्त्री भट्ट