साउन, २७ कैलाली/बोलन्या थलीले डडेल्धुरा सदरमुकाममा ‘लास आन्दोलन’ गरेको छ । बजार क्षेत्रको सडक चौडा गर्न दबाब दिन लास आन्दोलन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए ।
सडक बिस्तारका लागि ४४ करोड बजेट विनियोजित गरिए पनि सडक विस्तार नगरेको भन्दै आन्दोलन गरिएको उनले जानकारी दिए ।
उनले भने ‘रकम विनियोजन भएको छ तर,सडकका दायाँबायाँ व्यापारीले सर्वोच्च अदालतमा मुद्दा हालेर निर्माण अगाडी बढ्न सकेको छैन ।’
सडक साघुँरो बन्दा दुर्घटनाको जोखिम समेत बढेको छ ।
यस्तै डडेल्धुराको रडुवा खोलामा एक जनाको शव फेला परेको छ। आज दिउसो साढे २ बजे डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ मेलमुडा बस्ने ४८ बर्षीय मान बहादुर बोहराको शव फेला परेको हो।
उनको रडुवा खोलामा शव फेला परेको बताउँदै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनास्थलमा प्रहरी टोली पुगेको जनाएको छ।
