भोज मन्नी–मसुरिया, २६ साउन/अबिरल वर्षाको कारण गौरीगंगा नगरपालिकामा वडा न २ का उदासी गाउँमा घरमा पानी पसेपछी १० घर परिवारका मानिसहरु घर छोडेर आफन्त र छरछिमेकको घर बसेका छ्न ।
जब्दा खोलाको बाढी घरमा आएपछि डुबान भएका कारण १० घर परिवार आफन्त कहा वसेका छ्न ।
बाढीका कारण घरमा बिहानै घरमा पानी पसेपछी घरै छोडेर आफन्तको घरमा बसेको उदासीकी लक्ष्मी भाट रावलले वताइन । हर्क दियाकोटीको घरको बार भत्किएकोले आंशिक क्षति भएको छ । गोपी नेपालीको घरमा खाद्यन्न भिजेको छ ।
वडा न २ मा नाला साघुरो भएका कारण उदासी र जब्दा गाउमा गाउँमा २५ घर डुवानमा परेको वडा अध्यक्ष जनक साउदले जानकारी दिए । डुवानमा परेका घर परिवारको क्षतिको तथ्यांक संकलन गरिने अध्यक्षले वताए ।
यसै गरि वडा न ८ ऐठा र वडा न ९ मसुरिया गाउँमा २५ घर डुवानमा परेका छ्न । त्यस्तै वडा न ८ लिक्मा सिविरमा गौरीगंगा नगरपालिका प्रमुख भिम बहादुर देउवाले वाढी प्रभवित क्षेत्रमा निरीक्षण गरे ।
वाढीले मसुरियाका फुलपाती चौधरीको पोखरीको दुई हजार १ सय र भरथरी चौधरीको पोखरीको १ हजार १ सय माछा बगाएको छ ।
वडा न ८ ऐठामा होम पाइप साघुरो भएका कारण पानी निकास नभएर गाउँ डुवानमा पर्दा जेसिबीले सडक खनेर पानी निकास गरिएको टोल सुधार समिति संयोजक जय बहादुर चौधरीले जानकारी दिए । वडा न ९ बनखेतमा पनि सडकमा होम पाइप साघुरो भएका कारण ४ घर डुवानमा परेको स्थानीय नैन सिंह बुढामगरले जानकारी दिए ।
घरमा बाढी पसेपछि छिमेकीको घरमा शरण
घरमा बाढी पसेपछि छिमेकीको घरमा शरण