महेन्द्रनगर २६ साउन- साहुनीलाई ‘किस’ मागेर जबरजस्ती करणी मुद्दा खेपीरहेका भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथले सफाई पाएका छन् ।
जिल्ला अदालत कञ्चनपुरको अध्यक्ष नाथलाई जबरजस्ती करणी मुद्दामा सोमबार सफाई दिएको हो । अध्यक्ष नाथ गत असार २९ गते अदालतको आदेशमा २५ हजार धरौटीमा रिहा भएका थिए ।
जिल्ला अदालतका न्यायाधिश गोपाल प्रसाद बास्तोलाको इजलाशले सोमबार अध्यक्ष नाथलाई सफाई दिएको छ । उनको मुद्दामा अभियोग दाबी ठहर नहुने गरी फैसला गरिएको छ । गत असार १९ गते ब्रह्मदेब बजारकी एक महिलाले अध्यक्ष नाथले साहुनीलाई ‘किस’ मागेर दुव्र्यवहार गरेको भन्दै वडा अध्यक्ष बिरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी थिइन् ।
अदालतको आदेशमा उनी असार २९ गते धरौटीमा छाडिएको थियो ।उनको पक्षबाट अधिवक्ताहरु कृष्णदेव जोशी, प्रकाश पाण्डेय, तिर्जराज पन्त र उमेश राज विष्टले बहस गरेका थिए ।अधिवक्ता जोशीले अध्यक्ष नाथलाई अभियोग दाबी ठहर नहुने गरी सफाई दिएको बताए । अध्यक्ष नाथले आफूलाई अनावश्यक रुपमा फसाउन खोजिएको बताउँदै आएका थिए ।
