धनगढी, २६ साउन/धनगढी उप–महानगरपालिकाका एक जना कोरोना संक्रमित १८ दिनदेखी सम्पर्क बिहिन छन् । साउन ८ गते सेती प्रादेशीक अस्पतालमा स्वाव संकलन गराएका एक पुरुष अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
उप–महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर ५ का २८ बर्षीय पुरुषमा साउन १६ गते संक्रमण पुष्टि भएको थियो । उनि आजसम्म सम्पर्कमा नआएको उनले बताए । नगरपालिकाको टिम, वडाध्यक्ष र प्रहरीले खोजी गर्दा समेत फेला पार्न नसकिएको उपाध्यायले बताए । संक्रमित पुरुषको फोन नउठ्ने कारण फेला पार्न नसकीएको उनले बताए ।
यस्तै आईतबार संक्रमण पुष्टि भएका उप–महानगरपालिका–८ का ४० वर्षीय पुरुष पनि सम्पर्क बिहिन भएको उपाध्यायले बताए । संक्रमित देखीएका पुरुषले शुक्रबार सेती अस्पतालमा स्वाव संकलन गराएका थिए । उनीहरु दुवै जना सम्पर्क बिहिन भएकाले खोजी भईरहेको छ ।
धनगढीमा एक जना संक्रमित १८ दिनदेखी सम्पर्क बिहिन
धनगढीमा एक जना संक्रमित १८ दिनदेखी सम्पर्क बिहिन
