धनगढी, २१ असार– प्रतिपक्ष दलले बैठक बहिस्कार गरेपछि दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठक ६ बजेका लागि सारिएको छ ।
सुदूरपश्चिम सरकार भने प्रतिपक्ष दललाई मनाउने प्रयासका लागि फेरी अहिले बार्ता बसिरहेको प्रदेश सदस्य अम्बी थापाले जानकारी दिईन् ।
सरकार र प्रतिपक्षी बिच वार्ता जारी रहेपनि निष्कर्ष ननिस्केपछि सदन ६ बजेका लागि सारिएको हो । प्रदेश सरकारले ल्याएको बजेट विवादले सात पटकसम्म सारिएको प्रदेश सभा बैठक संचालनमा सकस भइरहेको छ ।
वार्ता जारी रहेपछि शनिवार ४ बजे आह्वान गरिएको बैठक एक घण्टा सारिएको थियो । तर ५ बजेसम्म पनि वार्ताले निष्कर्ष पाउन नसकेपछि बैठक ६ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले सदनको सूचनापाटीमा सूचना टाँस गरेको छ । प्रतिपक्षी र सरकारबिच वार्ता चलिरहँदा ४ नबज्दै सदनमा पुगेका सत्तारुढ दलका सांसदहरु भने प्रदेश सभा बैठक कक्षमै कुरिरहेका छन् ।