काठमाण्डौ २६ साउन- सरकारले स्यानिटाइजरलाई अत्यावश्यक बस्तुको सूचीमा राखेर मूल्य निर्धारण गरेको छ । कोभिड–१९ संक्रमण बढेसँगै संक्रमण फैलन नदिने उपाय स्वरुप स्यानिटाइजरको प्रयोग बढेपछि गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को अपदफा १०बमोजिमस्यानिटाइजरलाई अत्यावश्यक बस्तुको सूचीमा राखेको थियो । गृहले अत्यावश्यक बस्तुको सूचीमा राखेपछि औषधि व्यवस्था विभागले मूल्य तोकेको छ ।
विभागले ५० एमएल स्यानिटाइजर जेल को मूल्य ८० रुपैयाँसम्म तोकेको छ । रब ह्याण्ड स्यानिटाइजर ५० एमएलको अधिकतम ६५ रुपैयाँ तोकेको छ । विभागले २ सय एमएलभन्दा माथि उत्पादन गर्नेको हकमा भने प्रति एमएल १ रुपैयाँ ५० पैसाभन्दा नबढ्ने गरी बिक्रि गर्न भनेको छ । विभागले ५ लिटरको ग्यालिनमा भरेर भने जेल स्यानिटाइजर बनाउन नपाउने नियम बनाईएको विभागले जनाएको छ ।
समाचार बिजपाटीबाट
