धनगढी, २६ साउन/ शुक्लाफाँटा नगरपालिका–८ को कार्यालयले वडाभित्रका पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाएको छ । वडा कार्यालयले सोमबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाएको हो । जंगली हात्तीको आक्रमणबाट हुन सक्ने र कोरोना भाइरस रोकथामका लागि पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाएको वडाअध्यक्ष बहादुर सिंह महराले बताए ।
उनका अनुसार सोमबारबाट लागु हुने गरि बतासे झरना, निलताल, शुक्ला झरना, शुक्लाताल, दन्ते गुफा, शिव लिंगा, धारापानी पर्यटकीय क्षेत्र, मणिका धाम, मणिका ताल, थारु संग्रहालय र सुनदेवी ताल प्रवेशमा रोक लगाइएको छ ।
‘अहिलेको समयमा यहाँका जंगलहरुमा हात्तीको आवागमन हुन्छ,’ उनले भने, ‘कोरोना भाइरसको पनि जोखिम छ, भोलीका दिनमा हुन सक्ने सम्भावित क्षति नियन्त्रण गर्न पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाएका हौं ।’ वडाभित्र रहेका पर्यटकीय क्षेत्रको व्यवस्थापन गरिने उनले बताए । पर्यटकीय क्षेत्रमा भौतिक संरचना निर्माण, फोहोर व्यावस्थापन, व्यवस्थीत पार्किङ स्थल, संचार सेवा सुधार गरिने उनी बताउँछन् । उनका अनुसार वडाको अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि पर्यटकीय क्षेत्र प्रवेशमा रोक लागाइने छ ।
बतासे झरनासहितका पर्यटकीय क्षेत्रमा वडा कार्यालयले लगायो प्रवेशमा रोक
बतासे झरनासहितका पर्यटकीय क्षेत्रमा वडा कार्यालयले लगायो प्रवेशमा रोक
