कैलाली, २६ साउन/आईतबारदेखी आएको अबिरल वर्षाका कारण बझाङको सदरमुकाम चैनपुर जोड्ने राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत छब्बीस पाथिभेरा–१ को मटेला नजिक सेती नदिले सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डएसपी) गणेश बमले सेती नदिले सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको जानकारी दिए । सडक बगाएपछि राजमार्ग पुर्ण रुपमा अवरुद्ध हुदा यातायात बन्द भएका छन ।
राजमार्ग अवरुद्ध हुदा जिल्लाबाट बाहिरीने र भित्रने कुनैपनि सवारी चल्न नसक्दा बिरामीहरु अलपत्र परेका छन । यसअघि पनि पहिरोकै कारणले उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुदै आएको छ ।
यस्तै बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज पुल बुढिगंगा नदिले बगाएको छ । पुल बगाएपछि साफेँ मार्तडी सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।
उक्त पुल बगाए सङ्गै सदरमुकाम मार्तडी सङ्गको सम्पर्क टुटेको छ । बाजुराका धेरैजसो सडकमा यो बर्ष निकै क्षेती पुर्याएको छ । बुढीगंगा नदिमा भएका थुप्रै झुलङ्गे पुलहरु पनि बगाएको छ ।
बझाङ र बाजुराका सदरमुकाम जोड्ने राजमार्ग पुर्ण रुपमा अवरुद्ध
बझाङ र बाजुराका सदरमुकाम जोड्ने राजमार्ग पुर्ण रुपमा अवरुद्ध