धनगढी, २५ साउन/सुदूरपश्चिममा कोरोना (कोभिड–१९) महामारीले भयावह रुप लिइरहेको अवस्थामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भने प्रदेशको राजधानी सार्नको चिन्ता देखीएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आईबार प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन गरेको छ । प्रदेश सरकाले परियोजनाको रुपमा राजधानी निर्माणको तयारी प्रकृया अगाडी बढाएको जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको समितिको बैठकले राजधानीको भौतिक पूर्वाधार विकास परियोजनाको ईकाइ खडा गरेर प्राविधिक तथा प्रशासनीक कार्यहरु व्यबस्थित बनाउने, छिटो भन्दा छिटो जग्गा प्राप्तिमा पहल गर्ने लगायतका निर्णय भएको छ ।
झण्डै दुई वर्षअघि सुदूरपश्चिम प्रदेश सभाले कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा पर्ने तेघरीलाई राजधानी घोषणा गरेको भएपनि सो जग्गा प्रदेश सरकारको मातहत ल्याउन समय लाग्दा राजधानी निर्माणमा ढिलाई भैइरहेको छ ।
अरुलाई कोरोनाको चिन्ता, मुख्यमन्त्रीलाई राजधानी को !
अरुलाई कोरोनाको चिन्ता, मुख्यमन्त्रीलाई राजधानी को !