• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निर्माण नसकिदै कल्भर्ट भासियो (भिडियो सहित)

भोज मन्नी
मसुरिया २४ साउन- कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ सुसुरे नालाको कम्दा जाने कल्भर्ट निर्माण नसकिदै भासिएको छ । स्टिमेटको मापदण्ड अनुसार काम नहुदा कल्भर्ट धसिएको हो । नालामा पानी भरिएको र हिलो थियो ढुंगा मात्र हालेर काम गरेकोले कल्भर्टको साइडको भाग अलग भएको स्थानिय केशव गिरीले वताए । कल्भर्टको बिच भागमा पिसीसी ढलान भएको ठाउँमा समेत चर्किएको छ ।

सुसुरे नालाको पानी सो कल्भर्टको बिच भएर नदीको वहाबले बग्ने हुदा ढलान चर्किएको हो । ढलान गर्ने ठाउँमा ढुंगा मात्र हालेर कल्भर्ट निर्माण गर्दा पानी कम हुदा ढलान गरेको माथी बग्नुपर्ने भएपनी मुनीबाट बग्ने गरेको छ ।बैशाखमा माटो परीक्षण भएपनि सो ठाउँमा माटो खन्दा पानी निस्किएकोले समस्या हुने भन्दै काम गर्न नचाहेकोले २ हप्ता काम रोकेको गौरीगंगा नगरपालिकाका इन्जिनियर दिनेश खड्काले वताए । दलदले माटो भएकोले ढलानमा समस्या आउदा बेस कमजोर भएकोले साइडको भाग धसिएको गौरीगंगा नगरपालिकाका इन्जिनियर खड्काले वताए । प्रदेशको विज्ञले राम्रो बनाउनुस केही फरक पर्दैन काम गर्नुस बताएपछि हामीले काम शुरु गरेको ईन्जिनीयर खड्काले बताए ।

असार १३ गते कार्य आदेश आएकोले हतारमा मसान्तमा काम सक्नुपर्ने भएकोले १४ गते ढिला गरि काम शुरु गर्नुपर्ने भएकोले कल्भर्ट निर्माण गर्न समस्या भएको भवानी मार्ग कल्भर्ट निर्माण समितीका अध्यक्ष हेम ताडीले बताए । कल्भर्ट निर्माणको काम असार मसान्तसम्म सम्पन्न गरिसक्न्नुपर्ने सम्झौता भए पनि सो योजनाको काम हालसम्म सकिएको छैन । सो नालामा वर्षातको बाढीले अहिले दुबैतर्फ माटो कटान गरेकोको छ । माटो भरानको काम हुन नसकेकोले आवत जावत गर्न स्थानीय वासिन्दालाई समस्या भएको छ ।

स्टिमेटमा जाली उल्लेख नभए पनि जाली आएको र साइडमा माटो भरान गर्ने काम बाकी छ । प्रदेश पूर्वाधार साझेदार कार्यक्रम अन्तर्गत १८ लाखको बजेटमा कल्भर्ट निर्माण हुन लागेको हो । तटबन्ध गर्ने काममा पैसा नपुग्ने भएकोले प्रदेश सरकारसंग माग गर्ने र प्रदेशबाट रकम उपलब्ध नभएमा नगरपालिकले काम अगाडी बढाउने गौरीगंगा नगरपालिका प्रमुख भिमबहादुर देउवाले वताए । लगडाउनको कारणले पैसा ढिला आएकोले जसरी पनि असारमा सक्न्नु पर्ने भएकोले निर्माण काममा ढिलाइ भएको उनले वताए । सो कल्भर्टको सबै रकम समितिले भुक्तानी लिईसकेको निर्माण समितिका अध्यक्ष ताडीले जानकारी दिए ।

भासिएको कल्भर्टको भिडियो हेर्न यहा Click गर्नुहोस्

शनिबार, साउन २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.