धनगढी, २२ साउन
सुनौलो भविष्य नेपालको आयोजनामा बिहीबार धनगढी उप–महानगरपालिका वडा नं ५ जाईमा बृक्षारोपण गरिएको छ ।

धनगढी उप–महानगरपालिकाको सहयोग तथा शैलेश्वरी ईङ्गलिस बोर्डिङ स्कुलको र नमुना टोल विकास संस्थाको सहकार्यमा बृक्षारोपण गरिएको हो । बृक्षा रोपणा कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, धनगढी उप–महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिरासिंह पातली, धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटा, सामुदायीक बन उपभोक्त महासंघका पूर्व कैलाली जिल्ला अध्यक्ष तुलसी देवकोटा, भारताल साझेदारी बनका अध्यक्ष यादव भण्डारी, फेकोफन कैलालीका अध्यक्ष डण्डीराज सुवेदी वडाका जनप्रतिनिधी, स्थानीयको सहभागिता रहेको थियो ।
