धनगढी, २२ साउन
धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएको आईसोलेशनलाई बिहिबार आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।
जर्मन राजदुतावासको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाद्धारा संचालित कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत आईसोलेशनलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापती उत्तम जोशीले १५ थान बेड (म्याट्रेस सहित) , पिपिई सेट १०, नेबुलाईजर १० थान, मास्क ५० प्याकेट, ग्लोब्स ५० प्याकेट, सेनेटरी प्याड ८० प्याकेट लगायत आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्री नगरप्रमुख नृपबहादुर वडको रहोबरमा उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बराललाई हस्तान्तरण गरिएको हो ।

नगरप्रमुख नृपबहादुर वडले आईसोलशन संचालनका लागि सहयोग गर्ने जर्मन राजदुताबासको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखा प्रति आभार ब्यक्त गरे । दाताहरु र मनकारीहरुको सहयोगले असहज अवस्था पनि काम गर्न सहज भएको छ नगरप्रमुख वडले भने, यसरी नै सहयोगको अपेक्षा गर्दछौं ।
नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापती उत्तम जोशीले कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत सहयोग गरिएको बताए । उनले भने, आवश्यकता अनुसार सहयोग गरिने छ ।