धनगढी, २० साउन/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रत्येक स्थानीय तहमा स्वाब संकलन केन्द्र स्थापना गर्न निर्देशन दिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री भट्टले अवस्था जटिल बन्न सक्नेतर्फ सचेत गर्दै यस्तो बताएका हुन् ।
संघीय सरकारको मार्गनिर्देशनलाई टेक्दै प्रदेशको वस्तुस्थितिलाई बढी प्रथमिकता दिनुपर्ने भन्दै मुख्यमन्त्रीले भने, ‘कन्ट्याक्ट ट्रेसिङसँगै समुदायको स्वाब लिन प्रत्येक स्थानीय तहको स्वास्थ्य शाखामा स्वाव कलेक्सन सेन्टर स्थापना गर्न , क्वारेन्टिन र आइसुलेसन व्यवस्थापन मिलाउनमा जोड दिउ ।’ उनले भने–एकातिर वर्षायाम प्रकोपको जोखिम छ, सँगै हाम्रा सास्कृितक पर्वहरु आउदैछन, भिडभाड जमघट अस्तव्यस्त हुन दिनु भएन, त्यसैले व्यबस्थित हिसावले तत्काल नियन्त्रण र रोकथाममा जुट्नुस् ।’
भारत लगायत बाहिरबाट आएकाहरूलाई क्वारेन्टिनमा नराखी घर पठाउन थाल्दा संक्रमण समुदायमा फैलन सक्ने खतरा बढेको उनको भनाई थियो । स्कूलमा रहेका क्वारेन्टाइन खालि गर्नु परेकोले त्यसको विकल्प सोचौं, सरकारी तथा संस्थागत कार्यालयको भिडभाड व्यवस्थापनमा जोड् दिउ, भनेको बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जानकारी दिए । आफुले पनि प्रदेशमा कोरोना सङ्क्रमितहरू बढ्न सक्ने भन्दै यसलाई नियन्त्रण गर्न अझै थप व्यबस्थापनकालागि सुझव दिएको उनको भनाई छ ।
बैठकमा मुख्यमन्त्री सहित मन्त्रिहरु प्रमुख सचिव, सचिवहरू, प्रदेश प्रहरी प्रमुख, सेना प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी धनगढी उपमहानगरका मेयर लगायतको सहभागिता थियो ।