धनगढी २० साउन/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठक सुरु भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा मंगलबार सुदूरपश्चिममा कोरोनाको अवस्था, बाढी पहिरोको बिषयमा समीक्षा गर्न बैठ्क बसेको सुचना अधिकारी जगदीस जोशीले जानकारी दिए ।
बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, प्रदेश प्रहरी प्रमुख, सेना प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी सहभागी रहेका छन् ।