धनगढी, १८ साउन/सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको निर्णय अनुसार सोमवार रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले रक्षाबन्धन पर्वमा सर्वाजनिक बिदा दिने निर्णय बताए । २०७७ सालका सार्वजजिक बिदा सम्बन्धि सूचना समेत प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ ।
उनका अनुसार रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने छ। संघीय सरकार मातहतका कार्यालयमा समेत बिदा हुनेछ।