बैतडी, १७ साउन/बैतडीमा महिलामाथि अभद्र व्यहार गर्ने एक जना शिक्षकलाई नेत्र बिक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले २० दिन बाटो खन्न उर्दी जारी गरेको छ ।
पुर्चौडी नगरपालिका ३ स्थित भवानी माध्यमिक विद्यालय न्वालाका शिक्षक राजेन्द्र बोहरालाई बाटो खन्न उर्दी जारी गरिएको हो । शिक्षक बोहरा विद्यालयका छात्रा र स्थानीय महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा नेकपाको कारवाहीमा परेका हुन् । उनलाई कालोमोसो दलेर उठबस समेत गराइएको छ ।
विप्लवका बैतडी इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले विज्ञप्ति प्रकाशित गरी मदिरा सेवन गरी शिक्षक बोहराले न्वादेउ साफे बजारमा मदिरा सेवन गरी छात्रा र महिलामाथि अभद्र व्यवहार गरिएको देखिएपछि कारवाही गरिएको सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा शिक्षक बोहरालाई कालोमोसो दलेर उठबस गराई २० दिन विद्यालयदेखि साफेबजारसम्म २० दिन बाटो निर्माण गर्ने कारवाही गरिएको उल्लेख गरिएको छ ।