कैलाली, १७ साउन/बझाङको केदारस्यूँ गाउँपालिकामा पुनः लकडाउन गरिएको छ । पालिकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पुनः लकडाउन गरिएको हो ।
केदारस्यूँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा शनिबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । प्रतिदिन संक्रमण बढेपछि पालिकामा पुनः लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताए ।
वडा नम्बर ६ का वडा अध्यक्ष करसिंह धामीका अनुसार संक्रमण फैलिएका वडामा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली खटिएको छ । घरमा बसेका संक्रमितहरुको सम्पर्कमा आएकाको पनि कोरोना परीक्षण हुने उनले बताए ।
एक वडाबाट अर्कोे वडामा जान पनि निषेध गरिएको छ । अति आवश्यक कामको लागि जानुपरेमा वडाको सिफारीस अनिवार्य गरिएको छ ।