कैलाली, १७ साउन/ बाजुराको पर्यटकीय धार्मिक स्थल बडिमालिका तीर्थका लागि हिडेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सहितको टोलीबीच बाटोबाट फर्किएको छ । धनगढीबाट बडीमालिकामा साउन १८ गते जनै पुर्णिमाको दिनमा लाग्ने पुजाका लागि आएका मन्त्रीसहित २१ जनाको टोली बाजुराको बार्जुगाडमा गएको पहिरोका कारण जान नसकेपछि फिर्ता भएको हो।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, सामाजिक विकास मन्त्रालयका सचिव शंकर प्रसाद खरेल लगायतको टोली आज बाजुराको बार्जुगाडमा पहिरो आएको भन्दै फिर्ता भएको मन्त्रालयले जनाएको छ । अबिरल बर्षाले साँफे( मार्तडी सडक खण्डको बार्जुगाड देखी मार्तडी सम्म ठाउँ ठाउँमा पहिरो गएको हिडन नसकिने अबस्था भन्दै फिर्ता भएको हो ।