धनगढी, १७ साउन- धनगढी उपमहानगरपालिका वडा नम्बर ६ सुशान्त टोल बिकास संस्थाको खेमलाल चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार भएको टोल बिकस संस्थाको भेलाले चौधरी सहित नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष लोकबहादुर खड्का, सचिव नेत्रबहादुर शाही, सहसचिव जगत देउवा र कोषाध्यक्ष सत्यादेवी सिह शाही चयन भएका छन् ।
जसको सदस्यहरु दिपेन्द्र बुढामगर र खडक चौधरी सर्वसम्मतले चयन भएको टोल विकास संस्थाका पुर्व अध्यक्ष हिक्मतबहादुर सिहले जानकारी दिए । उक्त समितिले टोलको बिकास र हकहितका लागि अभियन गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।