कैलाली १६ साउन/ लगातारको अविरल बर्षाले घर भत्किदा जोशीपुर साप्ताहिक पत्रिकाको कार्यालयमा क्षति पुर्याएको छ ।
जोशीपुर गाउँपालिकाको शीपुरबाट प्रकाशीत हुने साप्ताहिक पत्रिकाको कार्यालयमा पुगेको क्षतिले पत्रिकाको नियमित प्रकाशन प्रभावित भएको पत्रिकाका सम्पादक सुधराम दहितले दुखेसो पोखे ।
सम्पादक दहितका अनुसार कार्यालय रहेको घरको छाना शुक्रबार दिउँसो खस्दा २ थान कम्प्युटर, १ थान प्रिन्टर, १ थान दराज, टेबल, कुर्सीलगायत क्षति भएको छ । जोशीपुर गाउँपालिकाका विभिन्न बस्तिमा बाढीले ठुलो क्षति पुर्याएको छ ।
