धनगढी, १६ साउन/कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। भजनी नगरपालिका ८ का चक्र बहादुर बिकको समेत शव फेला पारेको हो।
बुधबार इश्वर शाहसंगै बेपत्ता भएका बिकको शव आज दिउसो साढे दुई बजे फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बेपत्ता भएका स्केल चौधरीको हिजो र ईश्वर शाहको आज बिहान शव फेला परेको थियो। आज बिकको शव फेला परेसंगै बाढीका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ।