धनगढी, १६ साउन- धनगढी उप–महानगरपालिकाले मंगलबार रातीबाट परेको बर्षा र बाढीले क्षति पु¥याएका पुलहरुको तत्कालका लागि मर्मत गरिएको छ ।
बाढीले धनगढी उप–महानगरपालिका ६ रघुनगर स्थीत नाला माथीको पुल बिहानै देखि मर्मत सुरु गरेको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन । पुलको पूर्वपट्टीको भागमा बाढीले क्षति पु¥याएको थियो, उप–प्रमुख भट्टले भनिन्, तत्कालका लागि मर्मत गरिएको छ । शुक्रवार बिहानै देखि कटान भएको भागलाई मर्मत गर्न प्राविधिक फिल्डमा खटिएका थिए ।

त्यसैगरी धनगढी उप–महानगरपालिका वडा नं ५ र ४ जोड्ने कैलाली नाला माथी निर्माण भएको पुलको उत्तर—पूर्वको भागमा बाढीले कटान सुरु गरेको थियो । त्यहाँ कटानले भ्वाङ परेपछि उप–महानगरपालिकाले सामान्य मर्मत गरेको छ । त्यसैगरी वडा नं ११ र ६ लाई जोड्ने पुलमा पनि क्षति पुगेको उप–प्रमुख भट्टले बताईन । तत्कालका लागि संरचना बचाउने र आवागमन सुचारु गर्ने काम मात्रै गरेका छौं उप–प्रमुख भट्टले भनिन्, प्राविधिक टोलीले अध्ययन गरेर पूर्ण मर्मत गरिने छ । धनगढी उप–महानगरपालिका क्षेत्रका आधादर्जन भन्दा बढी पुलमा बाढीले क्षति पु¥याएको छ ।
