धनगढी, १६ साउन/कैलालीको चुरे गाउँपालिका–५ गुणी गाउँमा पहिरोले ८ वटा घर बगाएको छ । केही दिनदेखि लगातारको वर्षाका कारण बिहीबार दिँउसो पहिरो जाँदा गुणी गाउँका ८ घर बगाएको हो ।
चुरे गाउँपालिका–५ का वडाध्यक्ष नरबहादुर तामाङका अनुसार गुणी गाउँका स्थानीय हर्दिप धामी, पदम धामी, रगे धामी, रजी धामी, रग्य बोहरा, नरे बोहरा गरी ८ घर पहिरोले बगाएर लगेको छ ।
बिहीबार दिँउसो पहिरो गएका कारण मानबीय क्षति हुन नसकेको वडाध्यक्ष तामाङले बताए । पहिरो दिउँसो खस्यो, राती खसेको भए ठूलो मानवीय क्षति हुन्थ्यो उनले भने ।
पहिरोले गुणी गाउँका ८ घर परिवार पूर्ण रुपमा विस्थापित बन्न पुगेका छन् । उनीहरु अहिले नजिकै रहेका आफन्तको घरमा आश्रय लिएर बसिरहेको वडाध्यक्ष तामाङको भनाइ छ ।