डडेल्धुरा १६ साउन/अमरसिह थापाको नामले स्थापित डडेल्धुराको अमरगढी नगरपालिकाले आज शुक्रवार सार्वजनिक विदा दिएको छ । नगर कार्यपालिकाको बैठकले श्रावण १६ गते अमरसिंह स्मृति दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताएका छन् ।
राष्ट्रिय विभुति अमरसिह थापाको स्मृति दिनसँगै सुदुरपश्चिमको प्रसिद्ध मेला देहिजात (उग्रतारा मेला), प्रशिद्ध शक्तिपिठ घटाल स्थानमा लाग्ने घटाल जाँतमा सार्वजनिक विदा दिने निर्णय भएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले जानकारी दिए ।
अमरसिह थापाले डडेल्धुरा जिल्लामा वि।स। १९४७ मा अमरगढी किल्ला निर्माण गरेको र सोही अमरगढी किल्लाको नामले वि.स. २०५३ सालमा अमरगढी नगरपालिकाको नामाकरण भएको थियो तर अमरगढी नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय भने पहिलो पटक भएको छ ।