धनगढी: कैलालीमा कार्यरत चार जना प्रहरी सहायक निरिक्षक असई प्रहरी नायव निरिक्षक सईमा बढुवा भएका छन् । बढुवा भएपछि उनीहरुलाई दर्जानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका नरेन्द्र सिंह भण्डारी, प्रताप चन्द, सुरेन्द्र बहादुर पाल र कृष्ण बहादुर शाहीले दर्जानी चिन्ह प्रदान गरिएको हो।
प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौँको पत्र अनुसार दर्जानी चिन्ह प्रदान गरिएको प्रहरी नायव उपरिक्षक विष्टल बताए।