निर्मल रैका/कैलाली, १५ साउन/ कैलालीमा २ दिन देखी परेको अविरल बर्षका कारण कैलाली जिल्लाको जनजीवन प्रभाबित भएको छ ।
जिल्लाको भजनी नगरपालीका, टिकापुर नगरपालीका, जोशिपुर गाउँपालीका, जानकि गाउँपालीका, बर्दगोरिया गाउँपालीकामा आएको बाढीका कारण ४ जना बेपत्ता , ३०२७ जना विस्थापित भएका छन भने त्यस्तै ६५२९ घरधुरि डुवानमा परेका छन ।
त्यस्तै धनगढी उपमहानगरपालिकाको मोहना नदिको बहाब बढे संगै ढल निकाशको ब्यवस्था नहुदा धनगढीको मुख्य बजार क्षेत्र लगायत बिभिन्न स्थनमा पानी जमि घर भित्र पानी पसेको छ
कैलालीको भजनी क्षेत्रमा बाढीले सबैभन्दा बढी प्रभाबित गरेको छ । नजिकै रहेको नदि तथा खोला नाला बढेर गाउमा पानी पसे पछी भजनी डुबानमा परेको हो । अहिले उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय व्यक्तीहरुको सहयोगमा उद्वार कार्य भइरहेको पुर्व सांसद हरि श्रीपाइली बताए ।
उनले भजनी नगरपालिकाका बिभिन्न स्थनमा बाढी आइ जनजीवन कष्टपुर्ण भएको साथै बाढीबाट हजारौ जनताको बिचल्ली भएको छ उद्वार कार्य जारी भइ रहे पनि बाढीको उच्च जोखिम रहेको र पानीको बहाब नघटेको उनले बताए । बिभिन्न स्थानमा अविरल बर्षाका कारण बाढीपहिरोबाट गर्भवती महिला , बालबालिका, तथा महिला र वृद्धवृद्धाको बिचल्ली भएको छ । यसै बिच जल तथा मौसम बिज्ञान बिभागका अनुसार २ दिन अथार्त भोलि र पर्सि पानी पर्ने सम्भावना रहेको छ पानी धेरै नपरे पनि नदि तथा खोला नाला नजिक घर भएका मानिस हरुले सतर्कता अपनाउन आग्रह गरेको छ ।

