धनगढी १५ साउन- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व राज्यमन्त्री समेत रहेका कैलालीका नेता पुष्करनाथ ओझालाई स्पष्ट आधार र कारण बिना कारवाही गरिएको भन्दै आपत्ती जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘पुष्करनाथ ओझालाई स्पष्ट आधार र कारणबिना बागी उम्मेदवारसँग जोडेर विधानको दफा ३५ बमोजिम ५ वर्षको लागि पार्टीबाट निष्कासन कारबाही गर्नु अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ।’ ओझालाई गत शनिबार नेपाली काँग्रेसको अनुशासन समितिले पाँच वर्ष सम्म पार्टी सदस्य समेत नरहनेगरी कारवाही गरेको थियो।
ओझालाई सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई हराउन भूमिका खेलेको आरोप लागेको थियो। यस्तै कैलालीका ओझा निकट नेता कार्यकर्ताहरुले समेत उनीमाथिको कारवाही फिर्ता हुनुपर्ने माग गरिरहेका छन्।