बझाङ १५ साउन/ बझाङको वित्थडचिर गाँउपालिका वडा नं ९ रैकोसीकी एक महिलाले दुई छोराछोरी छोडेर अर्का केटासँग भागेकी छन् । वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरु परपुरुषसंग लागेर आफ्नो श्रीमानले कमाएर पठाएको रुपैयाँ खर्च गर्ने तथा भाग्ने गरेका घटना बेलाबेलामा सार्वजनिक भैरहेका बेला बझाङमा पनि यस्तो घटना भएको छ ।
घर बाट माईत जान्छु भनेर गएकी वित्थडचिर गाँउपालिका वडा नं ९ रैकोसि बस्ने दिपक नेगी की श्रीमती २५ बर्षिया विमला नेगी अर्कै पुरुष संग भागेर गएकी पारिवारिक स्रोतले जनाएको छ । मंगलबार विहान माईत जान्छु भनेर हिडेकी विमलाको माईतमा सम्पर्क गर्दा माईत नआएको बताईए पछि विमलाका ससुरा न्याउटे नेगीले आफ्नी बुहारी अर्के केटा संग भागेकाले खोजी गरिदिन स्याडी प्रहरी चौकीमा निवेदन दिएका छन ।
विमलाका ससुरा का अनुसार बुहारी सम्पर्क विहिन भएकै दिन देखि गाँउकै लाल बहादुर रावल पनि सम्पर्कविहिन बनेका छन । घरमा ७ बर्षको छोरा र ३ बर्षकी छोरी छोडेर श्रीमती अर्कै संग गए पछि विदेशमा श्रीमानको विचल्ली भएको छ ।
विमलाका श्रीमान दिपक नेगी बैदेसिक रोजगारीको सिलसिलामा ८ बर्ष देखि दुवईमा बस्दै आएका छन । विमलाका श्रीमान दिपक नेगीका अनुसार विमलाले घरमा भएको सबै गरगहना लिएर गाँउकै लाला भनिने लाल बहादुर रावल संग टाप कसेकी हुन् ।