धनगढी, १५ साउन- धनगढीका अधिकासं बस्ती डुबानमा परेपछि स्थानीय आन्दोलित भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर २ र ३ मा डुबानको समस्या सबैभन्दा बढि भएपछि स्थानीय आन्दोलित भएका हुन्।
पानीको उचित निकाश गरी डुबानको दिर्घकालिन समस्या सामाधान गरिदिन उनीहरुको माग छ । पानीको निकास नहुँदा वडा नम्बर ३ को पानी वडा नम्बर २ मा पसेको र कैयौँ घर पसल डुबानमा परेको भन्दै स्थानीय आन्दोलित भएका हुन्। स्थानीयले मोहनापुल–अत्तरिया ६ लेन सडक अवरुद्ध पारेका छन्।