धनगढी, १५ साउन । बुधबार आएको बाढीले कैलारी गाउँपालिका वडा नं ७ बर्का बसन्ताको काठेपूल बगाएको छ । बसन्ता र नारायणपुर जोड्ने कटैनी नदिको काठेपूल बुधबार साँझ बाढीले बगाएको वडा नं ७ का वडा सचिव गणेश चौधरीले बताए ।
केही बेर बसन्ताका स्थानीय डोरीले पूललाइ बाँधेर राखे पनि पछि बगाएर लगेको सचिव चौधरीले जानकारी दिए । पूल बगाए पछि नारायणपूर, रतनपुर, मोहनपुर लगायत स्थानीयहरुको वडा कार्यालय, स्वास्थ्यचौकीमा आउन समस्या देखिएको छ ।