कैलाली, १४ साउन/मंगलबार रातीदेखी आएको वर्षाका कारण सुदूरपश्चिमको जनजिवन नराम्रो संग प्रभावित भएको छ । वर्षाका कारण अधिकाशं जिल्लामा बाढी पहिरोले क्षती पुर्याएको छ भने कैलाली कंञ्चनपुर जलमग्न भएका छन् ।
अविरल वर्षाका कारण कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुवानमा परेका छन भने ३ जना वेपत्ता भएका छन । जिल्लाको भजनी नगरपालिकाका फरक फरक ठाउँमा ३ जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिस्टका अनुसार ११ बर्षीय बालक स्केल चौधरी, र भजनी नगरपालिका–८ का ४० वर्षीय ईश्वर शाह र सोही वडाका ३३ वर्षीय चक्र विक पनि बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको उनले बताए । विभिन्न क्षेत्रमा २ हजार स्थानीयलाई सुरक्षित स्थानमा पु¥याईएको छ । उनले उद्धार गरी केहीलाई आफ्न्त कहाँ पु¥याईएको र केहीलाई विद्यालयमा राखिएको बताए ।
जिल्लाको टिकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, वर्दगोरीया गाउँपालिका लगायतका क्षेत्रमा अविरल वर्षा सँगै आएको बाढीले ८ सय घर डुबानमा पर्नुका साथै लाखौँको धनजनको क्षति भएको छ । उद्धारको कार्य जारी रहेकाले थप सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आग्रह गरे ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र कैलालीले बुधबार साझसम्म बाढीका कारण जिल्लाभर आठ सय घर प्रभावित भएको जनाएको छ । प्रभावित घरपरिवारलाई नजिकैको विद्यालय, सामुदायिक भवन स्थानान्तरण गरेको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । प्रमुख जिल्ला अधिकारी बोहराले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतलाई परिचालन गरी उद्दार गर्नुका साथै राहत सामाग्री वितरण गरेको जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकासं क्षेत्रमा वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । कैलालीका कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधर, बसन्ता, पथरैया, लगायतका नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ ।
टीकापुरमा ६५ घर भत्किए
वर्षाका कारण टीकापुर नगरपालिकाका ९ वटै वडा डुबानमा परेको टीकापुर नगरपालिकाकी विपद सम्पर्क व्यक्ति निर्मला चौधरीले बताइन । टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पुरै डुबान भएको छ । त्यस्तै शिवनगर, चमेलीपुर, विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ५० घर भत्किएका छन । यस्तै वडा नम्बर २ मा १२, वडा नम्बर ६ मा ३ घर भत्कीएका नगरपालिकाले जनाएको छ ।
वडा नंम्बर २ को सितापुर, वडा नंम्बर ५ शाहीपुर, सिम्रेनी, वडा नंम्बर ६ को भगवानपुर, प्रतिपुर, वडा नंम्बर ७ को बेलुवा, वैद्धी, वडा नंम्बर ८ अर्नुवा र वडा नंम्बर ९ को खक्रौला गाउँमा सयौँ घर डुवानमा परेका छन ।
जानकी गाउँपालिकाको वडा नंम्बर ३, ४, ७, ८, ९ का सयौ घर डुवानमा परेका छन । स्थानीय भोजबहादुर चौधरीका अनुसार भदौरे, धर्मापुर र अमरावती कुलामा पानीको सतह उच्च भएपछि जानकी गाउँपालिकाका बस्ती डुवानमा परेका हुन ।
उता, जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन । कान्द्रा र काँडा नदी सतह भन्दा माथि पुगेपछि जोशीपुरमा १, ३, ५, ७ नंम्बर वडा डुवानमा परेका छन ।भजनीको वडा नम्बर २ र ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदी बढेर बाढी आउँदा मोहनपुर, ढुसी र काँडा गाउँमा सयौं घर डुवानमा परेका छन ।
बाजुरामा एक बेपत्ता दुई घाईते
बाजुराको बुढिगंगा नगरपालिका १ अम्कोटमा पहिरोमा परी एक जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा स्थानिय २१ बर्षिया धर्मराज पाध्याय रहेका छन । बाख्रा चराउन गएको समयमा बुधबार माथीबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका छन ।
घाइते हुनेमा १७ बर्षिया ज्ञानराज पाध्याय र १६ बर्षिया हरेन्द्र पाध्याय रहेका छन । प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए ।
यस्तै जगन्नाथ गाउँपालिका ६ मा पहिरो घर माथिबाट पहिरो खस्दा कर्ण न्यौपानेका १५ ओटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।
यस्तै मंगलबार रातिदेखी परेको बर्षाले बझाङको केदारस्यु १ नारागोण खोलामा पानीको सतह बढ्न गई जयपृथ्वी राजमार्ग र चैनपुर देखी ताक्लाकोट सडक खण्डमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
डडेल्धुराको पर्शुराम नगरपालिकामा ४ का करन सिहं ऐरीको बर्षाको कारण घर भत्किन गई गोठमा रहेका ३ पशु चौपाया मरेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।
डडेल्धुरा सडक खण्डको भिमदत्त राजमार्ग अन्र्तगत डोटीको जोरायल गाउँपालिका १ गोल्गडे र गोगनपानिमा सडक माथिबाट पहिरोखस्दा बुधबार दिनभर भिमदत्त राजमार्ग अवरुद्ध भएको थियो ।
यस्तै दार्चुलाको लेकम गाउँपालिकाको ४ तेलीगौडा धनि गिरीको घर भत्कदा २ बाख्रा मरेको छन् । मालिकार्जुन ८ क्याम्पस चोक र शैलेशिखर ६ चैतली चोकमा सडक माथिबाट आएको पहिराले गोकुलेश्वर दार्चुला सडकखण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अछामका विभिन्न ठाउँमा आएको पहिराले सयौं संख्यामा पशु चौपाया मरेको र ३ ओटा झुलुङे पुल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
सुदूरपश्चिममा बाढी–पहिरोको वितण्डा : चार जना जना बेपत्ता, ठुलो धनजनको क्षति
सुदूरपश्चिममा बाढी–पहिरोको वितण्डा : चार जना जना बेपत्ता, ठुलो धनजनको क्षति