धनगढी, १३ साउन
बजारमा आधारीत प्राविधीक तथा ब्यावसायीक सीप प्रवद्र्धन परियोजनाको परियोजना समन्वयात्मक बैठक धनगढीमा सम्पन्न भएको छ ।
निड्स नेपालले यूरोपीयन यूनियन, ब्रीटिस काउन्सील संगको साझेदारीमा धनगढी उप–महानगरपालिकामा बजारमा आधारीत प्राविधीक तथा ब्यावसायीक सीप प्रवद्र्धन परियोजना संचालन गर्न गैरहेको छ । बैठकमा कार्यक्रमको उदेश्य, रणनिती र समेटिने क्षेत्रका बारेमा छलफल भएको थियो ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले कार्यक्रम समय अनुकुल भएको बताईन । उनले भनिन् , यो कार्यक्रमले बर्तमान अवस्थामा भारत लगायत बिभिन्न देशबाट कोरोनाका कारण स्वदेश फर्किएकालाई ब्यावसायीक सिप दिन सफल होस शुभकामना छ ।

धनगढी उप–महानगरपालिकाका वडा नं १ का अध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीले कार्यक्रम सफलताको शुभकामना दिए । हिजोका दिनदेखि थुप्रै तालिम संचालन गरिदै आएको भएपनि उनिहरु बेरोजगार नै रहेको बताए । बजारमा कुन कुराको माग छ त्यसमै आधारीत तालिम दिन सकेमा रोजगारीको अवसर बढी रहन्छ प्रवत्ता मुडभरीले भने, कार्यक्रमले अहिले बिदेशबाट फकिएकाहरुलाई समेट्न सकेमा बढी प्रभावकारी हुने छ ।
यस कार्यक्रम अन्तरगत ८ सय ६० जनालाई सिप मुलक तालिम दिईने छ ।