बझाङ, १३ साउन/ बझाङमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल नगरपालिका(३ का ६५ वर्षका एक वृद्ध छन् ।
मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो ।
घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।