काठमाडौं, १३ साउन/नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् ।
बालुवाटार भेलामा रावलले पदका लागि भइरहेको झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन् ।
प्रचण्ड उपस्थित बैठकमा उनले भने, ‘केपी ओली र तपाईंबीचको पदको झगडामा म सामेल छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन । वामदेवजीको प्रस्ताव राम्रो छ । पदका लागि यो झगडाले मुख देखाउन लायक भएनौँ । तपाईंले केपी ओलीसँग पदको विभाजन गर्ने मात्रै सोच्नुभयो ।’