धनगढी, १३ साउन
लाईन्स क्लव अफ धनगढी समृद्धीले असहायहरुको सेवामा समर्पित संस्था दृष्टी फाउन्डेशनलाई स्कुटर हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच दृष्टी फाउन्डेशनका संचालक कल्पना भट्टलाई स्कुटर खरिद गरेर हस्तान्तरण गरेको लाईन्स क्लव अफ धनगढी समृद्धीका प्रथम भाईस प्रेसीडेन्ट अनुपमा शर्माले बताईन । दृष्टी फाउन्डेशनका संचालक कल्पना भट्टको घरमै राखेको स्कुटर अज्ञात ब्यक्तिले जलाएपछि वहाँलाई आवतजावत गर्न समस्या थियो यसमा लाईन्स क्लव अफ धनगढी समृद्धीका महिला समुहको सहयोग रहेको छ प्रथम भाईस प्रेसीडेन्ट शर्माले भनिन्, त्यसैले वहाँलाई स्कुटर सहयोग गरेका हौं ।
दृष्टी फाउन्डेशनका संचालक कल्पना भट्टले मनकारीहरुको सहयोगले फाउन्डेशन संचालन गर्न सम्भव भएको बताईन । उनले भनिन्, लाईन्स क्लव अफ धनगढी समृद्धी परिवार प्रति म र हाम्रो संस्था अभारी छ ।

