• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

‘फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ, थप सजग रहौँ’

काठमाण्डौ – एक सय २० दिनसम्मको लकडाउन अन्त्य भएसँगै देशभर चहलपहल बढेको छ । समुदायस्तरमा कोरोना फैलिएका ठाउँबाहेक अरु सबै ठाउँमा गतिविधि बढेका छन् । तर सरकारले आवश्यक मापदण्ड नै पूरा नगरि लकडाउन हटाएको भनेर विरोध पनि हुन थालेको छ ।

अस्पतालमा भेन्टिलेटर बढाउनुपर्ने, आवश्यक जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने, आवश्यक जनचेतना जगाउनुपर्ने लगायत काम नगरिकन एक्कासी लकडाउन हटाउँदा यसको दूरगामी असर देखिने हो कि भन्ने चिन्ता सबैमा छ । यसै विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग को कुराकानि :

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपछि चहलपहल बढेको छ । तर हरेक दिन सङ्क्रमित त बढेको बढ्यै छ, आइपर्ने जोखिमबाट कसरी बच्ने ?

लकडाउन नियन्त्रित तरिकाले खुलेको हो । लकडाउन खुले पनि सभा, सम्मेलन र जमघट गर्न पाइँदैन । स्कुल कलेज खुलेका छैनन् । भिडभाड नगर्ने, भौतिक दुरी दुई मिटरको कायम गर्ने, आवश्यक नपरि घरबाट बाहिर ननिस्कने, अनिवार्य मास्क लगाउने, हात राम्रोसँग धुने, स्यानिटाइजर प्रयोग गर्ने लगायत मापदण्ड अपनाएर काम गर्दै जाने हो ।

हामीले केही समयको लागि मात्रै लकडाउन खुलाएका हौँ । यसको हामी नतिजा हेर्छौँ । नतिजा के आउँछ, हामी सुक्ष्म तरिकाले अध्ययन गरिरहेका छौँ । यदि सङ्क्रमण बढ्न थाल्यो भने फेरि लकडाउन गर्ने अवस्था पनि आउन सक्छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गरौँ । सबै मान्छे कोरोना पोजेटिभ छन्, म एक जना मात्रै कोरोना नेगेटिभ हो, उनीहरुबाट आफू बच्नुपर्छ भन्ने किसिमले धारणा बनाएर बाहिर निस्कनुपर्छ ।

तर नेपालका केही जिल्लामा त सङ्क्रमण दर बढिरहेको छ । लकडाउन खुलाउन अलि हतार भएन ?

हो, नेपालका केही जिल्लामा अलि धेरै सङ्क्रमण भइरहेको छ । यसो भन्दैमा सबै ठाउँमा सधैँभरि लकडाउन गरेर पनि सम्भव हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्‍यौँ भने लकडाउन धेरै गर्नु नै पर्दैन । कोरोनामा मात्रै अल्झिएर पनि हुँदैन । कोरोनाभन्दा अरु रोगको पनि उपचार गर्नुपर्छ हामीले ।

कोरोनाका कारणले भन्दा भोकमरीले मान्छे धेरै मर्न थालेको भन्ने कुरा पनि आउन थालेका छन् । राज्यले यो सबै कुराको अध्ययन गरेर मात्रै काम गरेको छ । लकडाउन सधैँभरि गर्न सकिँदैन । तर समस्या पर्‍यो भने फेरि पनि गर्न सकिन्छ । दैनिक जीवनयापन सहज हुनुपर्‍यो, आर्थिक क्रियाकलाप सहज हुनुपर्‍यो, राज्य पनि चल्नुपर्‍यो, सबैले काम गर्न पाउनुपर्‍यो । त्यो खालको वातावरण बनाउनकै लागि भनेर तत्कालका लागि लकडाउन हटाइएको हो ।

लकडाउन हटाउनका लागि के(के आधार आवश्यक थियो तर त्यो पूरा नभइ लकडाउन अन्त्य भयो नि हैन र ?

लकडाउन हटाए पनि जनस्वास्थ्यका मापदण्ड अपनाउनु भनेको हो, के गाह्रो काम लगाएको छ र सरकारले रु भिडमा नजान, दुरी कायम गर्न, कपडाकै भए पनि मास्क लगाउन भनेको त हो नि । लकडाउन गरिरहँदा पनि विरोध, हटाए पनि फेरि किन विरोध रु सङ्क्रमण नबढाउने जिम्मेवारी हामी सबैको हो, होइन र रु आधार भनेकै यही त हो ।

तर परीक्षणको दायरा बढाउने, अस्पतालमा जनशक्ति बढाउने लगायत आधार खडा गरेर मात्रै लकडाउन हटाउनुपर्थ्यो हैन र रु

हामी अहिले दैनिक १५ हजार मानिसमा पीसीआर विधिबाट परीक्षण गर्न सक्छौँ । आवश्यक जनशक्ति पनि व्यवस्थापन गरेकै छौँ ।

तपाईँ भन्नुहुन्छ दिनकै १५ हजारमा सङ्क्रमण परीक्षण गर्ने क्षमता छ तर त्यो सङ्ख्यामा परीक्षण चाहिँ किन भइरहेको छैन ?

आवश्यक पर्दा हामी परीक्षण गरिहाल्छौँ । पहिले दैनिक २५ हजार मान्छे भारतबाट आउँदा अलि प्रेसर थियो तर अहिले दिनमा जम्मा १२ सय मात्रै आइरहेका छन् । अनि १२ सय मान्छेलाई १५ हजार टेस्ट कसरी गर्ने हो र रु परीक्षण गर्ने मान्छे नै छैन, अनि जो पायो त्यहीलाई परीक्षण गर्दै हिँड्ने कुरा त आउँदैन नि, आउँछ र ?

त्यसैले अब हामी भिडभाड भएको ठाउँहरु जस्तै पसल, अस्पतालहरुबाट हामी परीक्षण बढाउँदै लैजान्छौँ । सेवा सुविधा भएपछि त परीक्षण गर्ने कुरा ठूलो कुरा भएन नि । हामी जहिले आवश्यक पर्छ, त्यही समयका लागि परीक्षण गर्न तयार भएर बसेका छौँ ।

कतिपय ठाउँमा समुदायस्तरमा पनि कोरोनाको सङ्क्रमण फैलिरहेको छ । ती ठाउँमा चाहिँ परीक्षण कसरी भइरहेको छ ?

धेरै सङ्क्रमणको आशङ्का गरिएका ठाउँबाट हामीले नमुना सङ्कलन गरिरहेका छौँ । उनीहरुको रिपोर्ट आएपछि मात्रै भन्न सक्छौँ । अस्पतालमा भेन्टिलेटर, दक्ष जनशक्ति बढाउने कुरा त लकडाउन हटाउनुअघि नै पूरा गर्नुपर्ने थियो हैन र रु सरकारले गर्न सक्ने र गर्नुपर्ने सबै तयारी पूरा गरेर नै लकडाउन हटाएको हो । आवश्यक पूर्वाधार सबै व्यवस्था भएको छ ।

अब सरकारले कस्तो रणनीति बनाएर अघि बढ्छ ?

हामीले अहिले चार महिनाको योजना बनाएका छौँ । चार महिनामा कति पूर्वाधार चाहिएला, कतिमा परीक्षण गर्नुपर्ला, कति औषधिलगायत सामग्री चाहिएला भन्ने तयारी गरेर हामी थप रणनीति बनाउँछौँ । अबको चार महिनामा सङ्क्रमित कति बढ्छ वा बढ्दैन भनेर हेर्छौँ । त्यसैको आधारमा अरु रणनीति हामी तय गर्नेछौँ ।

सोमबार, साउन १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.