बाजुरा, ११ साउन/ बाजुराका पत्रकार प्रकाश सिंहले जुन क्षेत्रमा अवार्ड पाए त्यसै क्षेत्रमा सहयोग गरेका छन् ।
बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–१ की पुर्वा दमाई गत साता आफुनो दुई महिनाको छोरो सहित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगिन् । कुपोषणको समस्या रहेका छोरा दत्तको स्वास्थ्य केन्द्रमा उपचार हुन सम्भव नभएपछि उनलाई जिल्ला अस्पताल बाजुरा जान भनियो । तर पुर्वासँग जिल्ला अस्पताल ल्याउन पैशा थिएन ।
छोरा पाउने आशमा पूर्वाले १३ सन्तान जन्माईन । ६ जन्मदै मृत्यु भयो, ६ छोरी घरमै छन् । सातौं सन्तान जगत जन्मेपछि पूर्वा असाध्यै खुशी भइन् । तर, छोरो दुई महिनासम्म पनि नवढ्ने भएपछि उनलाई डर लाग्यो । छोरोको उपचार , गराउन गएकी उनी प्राथमिक स्वास्थ्य केन्द्रम ाउपचारै हुनन सक्ने भनेपछि झन आत्तिईन् । आर्थिक अभावमा अस्पताल जानुको सट्टा उनी फर्केर घर गईन् ।
उक्तखवर बाजुराका एक जना पत्रकार प्रकाश सिंहको कानमा पुग्यो । उनले कुपोषित दत्तलाइ अस्पताल लैजान पूर्वालाई सहयोग गरे । गाडी भाडा, पोषणयुक्त सामग्रीका लागि गरी प्रकाशले २७ हजार रुपैयाँ वरावरको सहयोग गरे पूर्वालाई । हालजगतको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
बाजुरा, जगन्नाथ गाँउपालिका—५ मापुतली रावलको बच्चा पाएको चार घण्टा नवित्दै मृत्यु भयो । उनको नवशिशु सहित चार नावालक छोराछोरी अलपत्र परे । पत्रकार सिंहले शिशुका लागि एक महिनासम्म दुध र अन्य तीन बालबालिकाहरुका लागि लुगा कपडा र खाद्यन्न सहयोग गरे ।
त्यस्तै स्वामिकार्तिक गाउँपालिका–१ साप्पाटाकी बसन्तीलुवारको उपचार अभाबका कारण मृत्यु भयो । उनका नावालक दुई कुपोषित बालबालिकालाई सिंहले सहयोग गरे । बसन्ती र पुतलीका बालबालिकाहरुलाई सिंहकै पहलमा उद्दार गरेर अहिले एसओएस बालग्रामको संरक्षणमा रहेका छन् ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका पत्रकार सिंहले गतबर्ष नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित सामुदायिक पत्रकारिता पुरस्कार पाएका थिए । उनले पोषणको क्षेत्रमा समाचार लेखेकै कारण उक्त पुरस्कार प्राप्त गरेकाथिए । आफुले पुरस्कार वाफतपाएको पाँच सय अमेरिकी डलर सिंहले कुपोषित बालबालिकाहरुमै खर्च गरे ।
पुरस्कार पाएको बेला सिंहले अलपत्र परेका, कुपोषित तथाउपचार नपाएका बालबालिकालाई सहयोग गर्ने घोषण गरेका थिए । “मैले कुपोषणको शिकार भएर उपचार नपाएका बालबालिकाको कथा लेखेरै उक्त पुरस्कार पाएको हुँ”पत्रकार सिंह भन्छन् ‘त्यसैले उक्त रकम कुपोषित बालबालिकाकै क्षेत्रमा खर्च गरेँ ।’ उनले “कुपोषित बाजुरा”शिर्षकमा छापेको समचारले पुरस्कार जितेकाथिए ।
आफ्नो सानो रकमले ठुलो सहयोग नभएपनि कुपोषणको चपेटामा परेका केही बालबालिकालाई लिटो खुवाउन र एक हजार नपाएर उपचार अभावमा तड्पि रहेका बालबालिकालाइ सहयोग भएको उनी बताउँछन् । सिंहले महासंघको अध्यक्ष भएको हैसियतले विभिन्न कार्यक्रमबाट पाउने भत्तापनि सामाजिक सेवामा खर्च गरिरहेका छन् । उनले तीन बर्षमा भत्ता बाफत प्राप्त गरेको रकम ५८ हजार पाँच सय असाहयलाई सहयोग गरेका छन् । सिंह पत्रकारको साथसाथै सामाजिक अभियान्ता पनि हुन् ।
मनकारी प्रकाश, पोषणको पुरस्कार कुपोषितलाई सहयोग
मनकारी प्रकाश, पोषणको पुरस्कार कुपोषितलाई सहयोग