धनगढी, ११ साउन/शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्ना सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार शुक्लाफाँटा नगरपालिका ८ का नारद ठगुन्ना सहितको समूहले वडाध्यक्ष महरामाथि कार्यालयमै कुटपिट गरेका थिए ।
वडाध्यक्ष महरालाई हातपात गर्ने र कुटपिट गर्ने ठगुन्ना सहित ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बताए ।
शनिवार ठगुन्नाका भाइमाथि वडाध्यक्ष महराले हातपात भएको भन्दै आइतबार वडाध्यक्षमाथि कुटपिट भएको हुन सक्ने थापाले बताए ।