दार्चुला, ९ साउन/ दार्चुलाको महाकाली नगरपालिका–२ बडालीगाउँमा पहिरो जादा ६ बर्षीय बालक वेपत्ता भएका छन् । जिल्लाको नौगाड गाउँपालिक–२ तल्लो सुण्डमुण्डका छ वर्षीय बालक बेपत्ता भएका हुन् । दार्चुला सदरमुकाम खलंगाबाट घर जादै गरेका धनबहादुर ठगुन्नाका छ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएका हुन् ।
जेनिस संगै रहेका नौगाड गाउँपालिकाकै संगीता ठगुन्ना, बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको घटनास्थलबाट गजेन्द्र ठगुन्नाले जानकारी दिए । अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एबं प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमबहादुर बिष्ट नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
दार्चुलामा पहिरो जाँदा ६ बर्षीय वालक बेपत्ता
दार्चुलामा पहिरो जाँदा ६ बर्षीय वालक बेपत्ता