• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कक्षा ११ को परीक्षामा डी प्लस ल्याउनेले मात्र १२ को फारम भर्न पाउने

"विद्यालयले आगामी वर्षको कक्षा १२ को फारम भर्नुअघि कक्षा ११ को परीक्षा लिएर एक प्रति बोर्डमा पठाउनुपर्ने "

कक्षा ११ मा हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा १२ को परीक्षा फारम भर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको कार्यविधिमा विद्यालयले कक्षा ११ को मूल्यांकन गर्ने र मूल्यांकनमा न्यूनतम डी प्लस ल्याएकाले मात्र कक्षा १२ को फारम भर्न पाउने उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले विद्यालयले आफ्नोअनुकूलमा परीक्षा लिएर विद्यार्थीको मूल्यांकन गर्ने गरी कार्यविधि पारित भएको बताए । ‘पाठ्यक्रमले तोकेको आधार पूरा हुने गरी विद्यालयले परीक्षा लिने र एक कपी परीक्षा बोर्डमा पठाउनुपर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘कक्षा १२ को आगामी वर्षको परीक्षा फारम भर्न ११ मा न्यूनतम डी प्लस ल्याएको हुनुपर्छ ।’ कक्षा ११ मा डी प्लस नल्याएका विद्यार्थीको १२ को परीक्षा फारम बोर्डले नबुझ्ने व्यवस्था गरेको बताए ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कार्यविधिले कक्षा ११ को परीक्षाको जवाफदेही विद्यालयलाई गराएको बताए । आवश्यकताअनुसार बोर्डले अनुगमन गर्न सक्ने शर्माले बताए । विद्यार्थीलाई आफ्नो नतिजामा चित्त नबुझेमा रिटोटलिङ, रिचेकिङ गर्न पाउनेछन् । विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा रहेको परीक्षा मूल्यांकन समिति रहने र विद्यार्थीले आफ्नो नतिजा चित्त नबुझाएमा बोर्डमा जस्तै गरी प्रक्रिया अपनाउन सक्ने व्यवस्था गरेको छ । विद्यालयको परीक्षा मूल्यांकन समितिले आवश्यक ठानेमा ग्रेड वृद्धि परीक्षासमेत लिन पाउने व्यवस्था छ । रिटोटलिङ तथा ग्रेड वृद्धि सबैको नतिजा कक्षा १२ को परीक्षा फारम भर्नुभन्दा पहिले नै बोर्डमा पठाउनुपर्ने व्यवस्था छ । कक्षा ११ मा पढेका विषय नै कक्षा १२ मा पढ्नुपर्ने व्यवस्था छ ।

कोभिड– १९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढीले परीक्षा आवेदन भरेका छन् । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् । कक्षा १२ मा भने अनुकूल समयमा परीक्षा लिने तयारी छ ।

यो वर्षका आंशिक विद्यार्थीको प्रमाणीकरण बोर्डले गर्ने

यो वर्षका लागि आंशिक विद्यार्थीको प्रमाणीकरण बोर्ड नै गर्ने भएको छ । पुराना विद्यार्थी भएकाले विद्यालयले नै मूल्यांकन गरी त्यसको नम्बर गर्ने बोर्डमा पठाउने र प्रमाणीकरण बोर्डले गर्ने व्यवस्था छ । नियमित विद्यार्थीको प्रमाणीकरण विद्यालयले नै गर्नेछन् ।

कक्षा ११ को परीक्षा अब सधैँ विद्यालयबाटै हुने

कक्षा ११ को परीक्षा अब सधैँभरिका लागि विद्यालयबाटै हुने भएको छ । शिक्षामन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले केही समयअघि कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन हुने निर्णय गरेको हो । परिषद्ले निर्णय गरी आन्तरिक मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि निर्माणको काम सुरु गरेको थियो । कोभिड– १९ का कारण उत्पन्न भएको परिस्थितिका कारण यसअघि सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को विद्यालयले आन्तरिक मूल्यांकन गर्ने र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणीकरण भएर राष्ट्रिय परीक्षाबोर्डले ग्रेडसिट जारी गर्ने निर्णयअनुसार काम भइरहेको छ ।

अब कक्षा १२ को मूल्यांकनको मात्रै बोर्डबाट ग्रेडसिट पाउने

अब कक्षा १२ को अब एउटा कक्षाको मूल्यांनका आधारमा मात्र बोर्डबाट ग्रेडसिट पाउने भएका छन् । अहिलेसम्म कक्षा ११ र १२ को संयुक्त रूपमा एक हजार पूर्णांकको ग्रेडसिट पाउँदै आएका थिए । यो वर्ष पाँच सय पूर्णांकको पाउनेछन् । नयाँ पाठ्यक्रम कार्यान्वयन भएपछि ६ सय पूर्णांकको ग्रेड सिट हुने छ । सरकारले ०७७ देखि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिरहेको छ ।

मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.