धनगढी, ६ साउन- नेपाली काँग्रेसकी बाजुराकी नेतृ राधिका सिंह नेपाली कांग्रेस केन्द्रीय महिला बिभागमा मनोनयन भएपछि बधाई तथा सम्मान गरिएको छ ।
मंगलबार धनगढीमा एक कार्यक्रम गरी बाजुराका काँग्रेसका युवा व्यबसायीहरुले सम्मान तथा बधाई ज्ञापन गरिएको हो । बाजुरा जिल्लाको नेपाल विद्यार्थी संघ बाजुरा पुर्व उपाध्यक्ष, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका नेतृ सिह राजनीतिमा कुशल तथा सकृय महिला रहेकी छन् ।
नेपाली काँग्रेस बाजुराका युवा नेता प्रेम नाथ, राजेन्द्र खत्री लगाएतले संयुक्तहरुमा बधाई कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा नयाँ जिम्मेबारी संगै राजनीतिक यात्रा अझै सशक्त भएर अघाडी बढ्न समेत शुभकामना व्यक्त गरेका थिए ।
