काठमाडौं । आन्तरिक तथा बाह्य उडान भदौ १ गतेबाट सुचारु हुने भएको छ ।
विगत पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान खुल्ने भएको हो । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण बन्द उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक उडान बन्द गरेको थियो ।