• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

प्रचण्डलाई जबजको उत्तराधिकारी बन्न शीतल निवासको प्रस्ताव

काठमाडौं । सार्वजनिक मञ्चमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको प्रशंसा गरेर थाक्दैनन् । पार्टी एकताताक पनि प्रचण्डले मदनको खुबै सम्झना गरे । २६ महिनाअघि, पार्टी एकता गर्ने दिनको बिहान पनि प्रचण्डले साविक एमाले मुख्यालय अघिल्तिर उभिएर मदन भण्डारीसँग पार्टी एकता गर्ने प्रसङ्ग चलिरहँदा उनी मारिएको चर्चा गर्दै कार्यकर्ताको मन जित्ने खोजे । र, पार्टी एकताको घोषणासभामा पनि त्यही कथन दोहोर्‍याए ।

मदनको प्रशंसा गरे पनि प्रचण्ड जनताको बहुदलीय जनवाद ९जबज०प्रति कुनै मोह छैन । जनताको बहुदलीय जनवादलाई यथास्थितिवादको पृष्ठपोषक र बुर्जुवा, संशोधनवादी विचारधाराको रूपमा बुझ्दै र अर्थ्याउँदै आएका छन् । उनको यही अडानका कारण एकीकृत पार्टीको अन्तरिम कार्यदिशाको स्थान जनताको जनवादले ओगट्यो । यद्यपि, त्यसका धेरै नीति, विचार र दृष्टिकोण जनताको बहुदलीय जनवादबाटै ‘साभार’ छन् ।

प्रचण्ड जनताको बहुदलीय जनवादबाट तर्किएर हिँडे पनि शीतल निवासले उनलाई औपचारिकरूपमै उत्तराधिकारी बन्न प्रस्ताव गरेको छ ।

त्यसको खुलासा स्वयम् प्रचण्डले गरेका हुन् । सोमबार आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई निवासमा बोलाएर प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनताको बहदलीय जनवादको नेता बन्न प्रस्ताव आएको बताएका हुन् ।

भेलामा प्रचण्डले जबज मान्न तयार भए पार्टी अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएको ब्रिफिङ गरेका थिए ।

“प्रधानमन्त्री ओलीजी सधैँ जनताको बहुदलीय जनवाद नै पार्टीको कार्यदिशा हुनुपर्छ, मार्गदर्शक सिद्धान्त हुनुपर्छ भनेर कुरा उठाउनुहुन्छ । हामी जबजबाट धेरै अगाडि बढिसक्यौैं । तर, उहाँहरू उही पुरानै कार्यक्रमतिर फर्किउँ भन्नुहुन्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टी स्थायी कमिटी सदस्य गणेश साहले भने ।

पार्टी स्थायी कमिटी सदस्य लिलामणि पोखरेल पनि अध्यक्ष प्रचण्डलाई जबजको नेता बन्न प्रस्ताव आएको बताउँछन् । भेलामा प्रचण्डले जबज मान्ने अस्वीकार गरेको बताएको पोखरेलको भनाइ छ । “जबज मान्न तयार हो भने पार्टी अध्यक्ष बनाउन हामी तयार छौं भनेर प्रस्ताव आएको रहेछ, ट्र्यापमा पनि पार्न खोजिएको रहेछ,” पोखरेलले बाह्रखरीसँग भने, “प्रचण्डले पछाडि फर्कने अवस्था नरहेको भन्दै इन्कार गर्नुभएछ ।”

स्रोतका अनुसार शीतल निवासमा बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सैद्धान्तिक, वैचारिक कार्यदिशा जबज हुनुपर्ने भन्दै लबिङ तीव्र पारेकी छन् ।

अघिल्लो वर्षको भदौमा वामदेव गौतमलाई जबज पक्षमा लाग्ने सर्तमा विधानमै नभएको उपाध्यक्ष र संगठन विभाग प्रमुख एकसाथ प्रस्ताव गरिएको थियो । त्यसमा मुख्य भूमिका शीतल निवासकै थियो ।

शीतल निवासमा भएको पटकपटकको छलफलले वामदेव जबज बोकेर हिँड्न तयार रहेको बताएका थिए । दैनिक पत्रिकामा लामो आलेख लेखेर इमान्दारिता पनि देखाएका थिए ।अहिले प्रचण्डलाई पनि जबज मान्न राजी भए मङ्सिरमै महाधिवेशन गरेर एकल अध्यक्ष छाड्न तयार रहेको भन्दै दबाब सिर्जना गरिएको स्रोतको दाबी छ ।

“शनिबार सचिवालयको बैठकपछि शीतल निवासलाई साक्षी राखेर प्रचण्डलाई जबजमा ‘कन्भिन्स’ गराउन खोजिएको रहेछ । तर, पूर्वमाओवादीको ठूलो हिस्सा जबज विरोधी रहेको र जबज स्वीकार्दा पूर्वमाओवादी केन्द्र एमालेमा विलय भएको सन्देश जाने भएकाले प्रचण्डले स्वीकार्नु भएन,” भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेल पनि जबजमा जाने हो भने आन्दोलन पछाडि फर्कने ९पश्चगमनको दिशामा जाने० बताउँछन् । “अहिलेको अवस्थामा न जनताको बहुदलीय जनवादमा फर्कन सकिन्छ न एक्काइसौं शताव्दीको जनवादमा फर्कन सकिन्छ । अब समाजवादी विचार, कार्यदिशा तय गरेर जानुपर्छ । दस्तावेज तयार पारेर दुई–तीन महिना बहस, छलफल चलाउनुपर्छ,” उनी भन्छन् ।

प्रचण्ड अर्ली महाधिवेशन गरेर एकल अध्यक्ष लिन तयार भइसकेको थिए । बीचमै जबजको प्रसङ्ग आएपछि हच्किएको स्रोतको दाबी छ । तथापि, बालुवाटारले उनलाई मनाउने प्रयत्न जारी राखेको पूर्वमाओवादी केन्द्रनिकट नेताहरू बताउँछन् ।

मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.