कैलालीको गोदाबरी नगरपालिका ५ गेटा बस्ने क्यान्सर पीडित हेमलता लुहारलाइ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
वन सरक्षणकर्मी तथा सामाजिक अभियन्ता तुल्सी देबकोटाको पहलमा १ लाख ३२ हजार ६ सय ५६ रुपयाँ रकम संकलन गरि उनकै घरमा गइ हस्तान्तरण गरिएको हो ।
अति बिपन्न, दलित समुदाय , दैनिक ज्याला मजदुरी खाने लकडाउनको समयमा बिहन बेलुक छाक गारो भएको अवस्था भएकोले सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको अर्को अभियन्ता फेकोफन कैलालीका अध्यक्ष डन्डीराज सुवेदीले बताए ।
करिब आठ महिना अघि उनि सेति प्रादेशिक अस्पतालमा उपचारका लागी जादा उनलाई पाठेघरको क्यान्सर भएको उनले थाहा पाएकी थिइन् । उनै वन संरक्षणकर्मी देवकोटाको पहलमा उनलाइ काठमाडौंको भक्तपुर क्यानसर अस्पतालमा उपचारको लागी लगिएको थियो ।
क्यान्सर पीडित लुहारलाइ आर्थिक सहयोग हस्तान्तरण
क्यान्सर पीडित लुहारलाइ आर्थिक सहयोग हस्तान्तरण
